Logo

भरूवा बन्दुक सहित पक्राउ



काठमाडौं, २१ माघ । एकनाले भरूवा बन्दुक सहित एकजना पक्राउ परेका छन् । बझाङको बिसपाथिभेरा गाउँपालिका–४ स्थित टिका सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक, बारुद, केप, छर्रा, १ वटा जंगली मरेको कालिज र १ थान हँसिया सहित सोही गाउँपालिका-३ बस्ने ४३ वर्षीय गणेश खवास र ५० वर्षीय निमु खवासलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी छबिसपाथिभेराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहातियार सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

त्यस्तै, सल्यानको कुमाख गाउँपालिका–२ चोरगाँउस्थित गठ्ठा जङगलबाट एकनाले भरूवा बन्दुक मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । अस्थाई प्रहरी पोष्ट नेटाबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको बताएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्