Logo

छाब्दी स्वास्थ्य केन्द्रलाई निःशुल्क जग्गादान



तनहुँ, २१ माघ । व्यास नगरपालिका–१३ निवासी टेकबहादुर पन्थ र रामकृष्ण सेढाईले स्वास्थ्य भवन निर्माणका लागि आठ–आठ आना जग्गा निःशुल्क दान गरेका छन् । आफूहरुले करीब रु १६ लाख बराबरको जग्गादान गरेको सेढाईँले बताए ।

नगरपालिकाको रु १९ लाख आर्थिक सहयोगमा एक ढलानको भवन भने निर्माण गरिसकी सेवा प्रवाह गर्न थालिएको भवन निर्माण समितिका सदस्य गजेन्द्र पन्थले बताए । चार वटै वडाका बासिन्दालाई केन्द्र पर्ने स्थानमा स्वास्थ्य भवन निर्माण गरिएकाले स्थानीयवासीमा खुशीयाली छाएको छ । उक्त स्वास्थ्य केन्द्रको माथिल्लो तला भवन थप गर्नका लागि नगरपालिकाले सहयोग गर्ने योजना बनाएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए। रासस



प्रतिक्रिया दिनुहोस्