Logo

संवैधानिक आयोगमा नियुक्तिप्रति भीम रावलको आपत्ती



काठमाडौं, २१ माघ । संवैधानिक आयोगहरुमा नियुक्ति र सपथप्रति नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य भीम रावलले आपत्ती जनाएका छन् । उनले आज ट्वीट गर्दै नियुक्ति र सपथलाई संविधान कुल्चिने र लोकतन्त्रमाथि प्रहार गर्ने स्वेच्छाचारी कार्य भनेका छन् ।

रावलले सर्वोच्च अदालतमा मुद्दा चलिरहेको स्थितिमा संसदीय सुनुवाइको प्रक्रियामा नै प्रवेश नगरी नियुक्त गरिएको तर्क गरेका छन् ।

उनले भनेका छन्ः ”सर्वोच्च अदालतमा मुद्धा चलिरहेको स्थितिमा संसदीय सुनुवाइको प्रक्रियामा नै प्रवेश नगरी विभिन्न संवैधानिक आयोगमा नियुक्ति र शपथ गराउने काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको काम संविधान कुल्चिने र लोकतन्त्रमाथि प्रहार गर्ने अर्को स्वेच्छाचारी कार्य हो।यो निन्दनीय छ।”



प्रतिक्रिया दिनुहोस्