Logo

आमहडताल घोषणा गर्दै नेकपा दाहाल-नेपाल समूहले भन्योः संवैधानिक अंगहरुका नियुक्ति प्रतिगामी षड्यन्त्रको कडी (विज्ञप्तिसहित)



काठमाडौं, २१ माघ । नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहले संवैधानि अंगहरुको नियुक्तिलाई ज्यादतीपूर्ण निरंकुश कदम भनेको छ । आज राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले ‘प्रतिगामी षड्यन्त्रको कडी’ भन्दै भोलि विरोधस्वरुप आमहड्तालको आव्हान समेत गरेका छन् ।

विज्ञप्तिमार्फत् नेकपा स्थायी कमिटी सदस्य पम्फा भुषालले भनेका छन्,‘नेकपा असंवैधानिक रुपमा बलजफ्ती गरिएको संवैधानिक अंगहरुका पदाधिकारी र सदस्यहरुको नियुक्तिको ज्यादतीपूर्ण निरंकुश कदमको विरोधमा भोलि देशव्यापी आमहड्तालको आव्हान गर्दछ ।’

नेकपा दाहाल-नेपाल समूहले नियुक्ति र सपथलाई बलमिच्याई समेत भनेको छ । नेकपाले भनेको छ,‘ यो प्रतिगामी षड्यन्त्रको कडी हो ।’

आज संवैधानिक अंगहरुमा नियुक्ति र सपथ भएको छ । ३८ जनाले सपथ लिई पदभार ग्रहण समेत गरेका छन् ।

तस्बिरः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot