Logo

मालपोतका नासुसहित २ जना अख्तियारको फन्दामा



काठमाडौं, २१ माघ । सर्लाही मालपोत कार्यालयका नायब सुब्बा बेदनिधी बराल र लेखापढी व्यवसायी राम सुन्दर महतोमाथि अख्तियारले मुद्दा दायर गरेको छ । ना.सु बराल र महतोले जग्गाधनी दर्ता प्रमाण पत्र (लालपुर्जा) मा नाम संशोधन वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको उजुरीको आधारमा अख्तियारले रकम सहित नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा ना.सु बरालले महतोको माध्यमबाट सेवाग्राहीलाई बाध्य तुल्याई ११ हजार रुपैयाँ लिएको पृष्टि भएको थियो ।

उनीहरुमाथि कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दाय गरेको अख्तियारका नवनियुक्त प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्