Logo

चन्द्रागिरी हिल्सको शेयर आगामी हप्ताबाट कारोबार हुने



काठमाडौं, २१ माघ । चन्द्रागिरी हिल्स लिमिटेडले पुस २४ देखि २८ गतेसम्म बिक्रिमा ल्याएको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचीरकणको लागि प्रकृया अगाडि बढाएको छ । मंगलबार निवेदन दिएको हिल्सको नेप्सेमा कागजजात पुरा नभएको जनाएको छ ।

कम्पनीले आईपीओका सबै आवेदकहरुलाई केवलकारको टिकटमा २५ प्रतिशत छुट आएकोे छ । एक पटकका लागि सबै आवेदकलाई केवलकारको टिकटमा छुट दिएको छ । हिल्सले पुस २४ गते देखि २८ गतेसम्म आवेदन दिन सकिने १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको शेयर निष्कासन तथा बिक्रि खुला गरेको थियो । १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्कासन गरेको कुल शेयरमध्ये ४ प्रतिशत वा ६१ हजार ३६४ कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत वा ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्टाइएको थियो ।

कम्पनीको शेयरमा १० लाख ६७ हजार ८९३ वटा आवेदनबाट २ करोड १० लाख ५२ हजार ३२० कित्ता आवेदन परेको थियो ।



प्रतिक्रिया दिनुहोस्