Logo

कालिका लघुवित्तद्वारा २ करोड ४८ लाख मुनाफा



काठमाडौं, २१ माघ । कालिका लघुवित्तले पुस मसान्तसम्ममा १० गुणा नाफा आर्जन गरेको छ । लघुवित्तले सावर्जनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक विवरणअनुसार २ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो अघिल्लो वर्षको तुलनामा २ करोड ४८ लाख रुपैयाँले धेरै हो । गत वर्ष सोही समयसम्ममा लघुवित्तले २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

लघुवित्तले खराब कर्जा उठाउन सफल भएको र खुद ब्याज आम्दानी बृद्धिगरेपछि कम्पनीको नाफा बढेको हो । समीक्षा अवधिमा ब्याज आम्दानी ४ करोड ८६ लाख रुपैयाँ बृद्धि भई १३ करोड ३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको आव मा सोही अवधिमा ४२ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । तर यो वर्षमा भने कम्पनीले संचालन नाफा सोही अवधिसम्ममा ९५ लाख ७५ हजार रुपैयाँ धनात्मक रहेको छ ।

लघुवित्तले १७ करोड ४३ लाख रुपैयाँ सुरक्षित जगेडा कोषमा राखेको छ भने २५ करोड २३ लाख रुपैयाँ चुक्तापुँजी रहेको छ । यो चालु आव पुस मसान्तसम्ममा प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८४ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा र मुल्य आम्दानी अनुपात ९१.५८ गुणा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्