Logo

प्रभु लाइफद्धारा ५० लाख मृत्युदाबी भुक्तानी



काठमाडौं, २१ माघ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा मृत्यु दाबी बापत रु ५० लाख रुपैयाँ भुक्तानी गरेको छ । महोत्तरी हतिसर्वाका श्री सुरेश प्रसाद यादवले प्रभु लाइफ इन्स्योरेन्स लि. संग जीवन बीमा गरेका थिए । उनको मृत्यु भएकोले बिमीतकी श्रीमती अनुराधा कुमारी यादवलाई जीवन बीमा मृत्यु दाबी बापत रु ५० लाख कम्पनीले भुक्तानी गरेको हो ।

मृत्यु दाबी भुक्तानीका लागी अनुरोध भई आएकोमा आवश्यक सम्पूर्ण प्रकृया पुरा गरी २०७७ माघ १६ गतेका दिन काठमाडौं कमलादी स्थित कम्पनीको प्रधान कार्यालयमा दाबी भुक्तानी बापत रु ५० लाखको बैंक चेक निजकी श्रीमती अनुराधा कुमारी यादवलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्