Logo

हिमालयन बैंकको मोबाइल बैकिंङबाट राजस्व भुक्तानी गर्न सकिने



काठमाडौं, २१ माघ । हिमालयन बैंकले मोबाइल बैकिङ सेवाबाट भुक्तानी व्यवस्था सुरु गरेको छ । बैंकका ग्राहकले अबदेखि सरकारी कर र नेपाल सरकारको राजस्व भुक्तानी मोबाइलबाट नै सजिलै गर्न सक्ने भएका छन् ।

बैंकले एनसीएचएलको नेसनल पेमेन्टस् इन्टरफेस मार्फत नयाँ सेवाको रुपमा यो एप्सलाई विस्तार गरेको जनाएको छ । मोबाइल बैंकिङको एनपीआईमार्फत नेपाल सरकारको राजस्व भुक्तानीको व्यवस्था गर्ने हिमालयन बैंक पहिलो भएको छ । गा्रहकले सम्बन्धित राजस्वको ईबीपी नम्बरलाई आधार बनाएर कारोबार गर्न सक्नेछन् । उक्त रकम एनपीआईमार्फत सम्बन्धित राजस्व खातामा जम्मा हुन्छ ।

सरकारी कर तथा रावस्व भुक्तानी कनेक्ट आईपीएसको मोबाइल बैकिङ एप्स तथा हिमालयन बैंकको मोबाइल बैंकिङ एप्सबाट खातामा गर्न सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्