प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र प्रसाद भण्डारीले कांग्रेस चुनावको विपक्षमा नरहेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्–‘तपाईँले एउटा प्रजातान्त्रिक प्रक्रियामा हामीले बनाएको संविधानमा, कार्यपालिकाले गरेका कमिकमजोरीहरुको व्याख्या र नियन्त्रण गर्नलाई अहिले संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा पुगेको छ । हामी त्यसको पर्खाइमा छौँ । सर्वोच्च अदालतले निर्वाचन भनिसकेपछि काँग्रेस पार्टी जुन प्रतिपक्षी दल हो, त्यो चुनावमा नजाने भन्ने कुरा नै हुँदैन् ।’ प्रस्तुत छ डा. भण्डारीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :
नेपाली काँग्रसले आन्दोलन छोडेर आफुलाई चुनावमा केन्द्रित गर्यो होइन ?
हामीले विश्वको राजनिति, विश्वका नेताहरुको राजनीतिक प्रक्रियाअनुसार चल्ने राजनीति र प्रतिपक्षको भुमिकालाई हेर्दा, प्रतिपक्षी पार्टी सधैंझै चुनावको प्रतिक्षामा हुन्छ । संविधान कार्यान्वयनको प्रतिक्षामा हुन्छ । देशमा शान्ति सुरक्षा गर्ने पक्षमा हुन्छ । र, सरकारले गर्ने अनैतिक क्रियाकलापलाई नियन्त्रण गर्नेमा हुन्छ । यो नै प्रतिपक्षको भूमिका हो ।
तपाईँहरु निर्वाचनमा सहभागी हुने कि नहुने ? सिधा प्रश्नको सिधा उत्तर दिनुहोस ।
तपाईँले एउटा प्रजातान्त्रिक प्रक्रियामा हामीले बनाएको संविधानमा, कार्यपालिकाले गरेका कमिकमजोरीहरुको व्याख्या र नियन्त्रण गर्नलाई अहिले संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा पुगेको छ । हामी त्यसको पर्खाइमा छौँ । सर्वोच्च अदालतले निर्वाचन भनिसकेपछि काँग्रेस पार्टी जुन प्रतिपक्ष पार्टी छ । त्यो चुनावमा नजाने भन्ने कुरा नै हुँदैन् ।
अब चुनाव हुन्छ कि हुँदैन ? तपाईँलाइ के लाग्छ ?
यदि वर्तमान सरकारले नेपालको नक्सा जारी गरेको बहुमत प्राप्त संसद्लाई भङ्ग गरेर यसले चुनाव गराएन भने धेरै शासकहरु धेरै नेताहरुलाई यसले अत्यन्तै ठुलो प्रतिष्ठामा आघात पार्दछ । त्यसकारण चुनाव गराउनुपर्दछ । अहिलेको सरकारले चुनाव गराएन भने यसको दोष सबै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई जान्छ ।
प्रधानमन्त्रीले चुनाव गरउनुहुन्छ भन्ने कुरामा तपाईँ ढुक्क हुनुहुन्छ ?
हामीले बनाएका तमाम संवैधानिक निकायहरु छन । यसमा चाहीँ अहिले सबैभन्दा महत्वपुर्ण रोल सर्वोच्च अदालतको छ । त्यसपछि निर्वाचन ओयोगको छ । त्यसैले चुनाव गराउने हो । त्यसका निम्ति अहिले सबै अस्थिरता र शंकाको कारण नेकपाभित्रको आन्तरिक द्वन्द्व हो । नेताहरु विचको जुङ्गाको लडाई हो । यसलाई नियन्त्रण गर्ने, यसको अन्त्य गर्ने भनेको सर्वोच्च अदालतले नै हो । नेकपाभित्रको विवादको अन्त्य निर्वाचन आयोगले गर्छ । अहिले यसकालागि नेपाली काँग्रेस बाधक छैन । नेपाली जनता बाधक छैनन् । सरकारको अकर्मण्यता, नेकपाको महत्वकांक्षा उनीहरुको गैरजिम्मेवारीपनको कारणले यो समस्या जन्मेको हुनाले चुनाव गराउनुपर्छ । चुनाव नगराईकन त्यसको विकल्प छैन ।
नेपाली काँग्रेसका अन्य नेताहरुले चुनाव हँुदैन्, प्रधानमन्त्रीे चुनावको पक्षमा हुनुहुन्न भनेका छन ? तपाईँ भनिरहनुभएको छ–निर्वाचनमा जानुको विकल्प छैन ? यो आँफैमा विरोधाभाष भएन र ?
दुई/तीनवटा कुरा नेपालको राजनीतिमा जहिलेपनि हेर्नुपर्ने हुन्छ । विपी कोइरालाको १८ महिने सरकारमा गुमेको र जेलमा बसेको करा पनि हेर्नु पर्छ । दोस्रो कुरा हामीले के गर्नुपर्छ भने केपी शर्मा ओलीले आफनो बहुमत प्राप्त संसद् विघटन गरेर चुनाव नगराउनु भयो भने संसद् विघटन के कारणले गर्नुभयो ? यसको उत्तर पनि हामीले खोज्नुपर्छ । अर्को कुरा, प्रचण्ड र माधवजीहरू कता जान खोजेको हो । उहाँहरुले केपी ओलीलाईमात्रै फ्याक्न खोजेको हो कि अर्को चुनावमा जान खोजेको हो । यो कसरी पनि हामीले हेर्नुपर्छ । अहिले देशमा जे भइरहेको छ । यीनका खेलाडीहरु को हुन ? र को मार्फत चलिरहेका छन् ? देशभित्रबाट कि दशे बाहिरबाट ? संविधान ध्वस्त गराउनेमा छन कि संविधान लागु गराउनेमा छन । हामीले बुझनुपर्छ । यो संविधान त नेपाली काँग्रेसले बनाएको हो । काँग्रेसले बनाएको संविधानको संरक्षणको निम्ति हामीले ख्याल गर्नुपर्छ । नेकपाले जितिसकेपछि सबैले भनेका थिए–नेपाली काँग्रेसलाई दुलोमा कोच्नुपर्छ । नेपाली काँग्रेसलाई माइतीघरमा भेटियो अरे, नेपाली काँग्रेसलाई नुवाकोटमा भेटियो अरे भन्थे । राजनीति भनेको गणित होइन । राजनीति भनेको १ र २ तीन पनि हुन्छ, र १ र २ दश पनि हुन्छ ।
संसद् विघटनले नेपाली काँग्रेसलाई फाइदा भएको छ ? यसको सदुपयोग गर्नुपर्छ भन्नेमा तपाईँ हुनुहुन्छ, होइन ?
प्रतिपक्षी पार्टीहरु जहाँपनि भन्नुहोस भारतमा इन्दिरा गान्धीले इमर्जेन्सी लगाउनुभयो । १९ महिनासम्म त्यहाँका नेताहरु थुनिए, चुनाव गरेपछि इन्दिरा गान्धीले हार्नुभयो । जनताले जिते । जसले बदमास गरेको छ तिनीहरु त जनताको कडीमा जाने हो नि । अहिले त हाम्रो दोहोरो दायित्व छ । हामीले बनाएको संविधानको संरक्षण पनि गर्नुछ । कमजोर भएको काँग्रेसलाई अगाडि बढाउनु पनि छ । त्यसको आधारमा देशको नेतृत्व गरेर जनतालाई सुविधा दिनुछ । आज यत्रो जनताले बहुमत दिए नेकपालाई तर, नेकपा आफ्नो आन्तरिक द्वन्द्वका कारण यो अवस्थामा पुग्यो । जनतालाई दुःख पर्दाखेरि साथ दिन नसक्ने, बिरामी हुँदा औषधी दिन नसक्ने, जनतालाई खाद्य पदार्थ दिन नसक्ने, यत्रो कोरोनाको महामारीमा केही सहयोग गर्न नसक्ने, यत्रा युवायुवतीलाई देशमा रोजगारी दिन नसक्ने, बरु अरब र इन्डियातिर पठाउने । देशलाई द्वन्द्वतिर फसाउन र संविधानलाई च्यात्न पाइँदैन् । यसको परीक्षण गर्ने थलो जनता नै हुन । यसको व्याख्या गर्ने काम सर्वोच्च अदालतको नै हो । सर्वोच्च अदालतले गरेको निर्णय हामीले मानेर विधिपूर्वक जान्छौँ ।
संबैधानिक आयोगको पदाधिकारी नियुक्तीको पक्षमा कि विपक्षमा तपाईँहरु ?
विरोध र सर्मथन भन्दापनि हामीले प्रजातान्त्रिक प्रक्रियाअनुसार विधिअनुसार चल्न नसकेपछि यस्ता घट्ना र परिदृष्यहरु घटिरहन्छन । त्यसकारण राजनीति गर्ने नेताहरु इमान्दार भएर द्वन्द्वलाई समधान गर्ने किसिमको भएको भए आज यो स्थिति आउने थिएन । त्यसकारण कानूनी प्रक्रियाले जाने र संवैधानिक प्रक्रियाले जाने कुरामा हामी सहमत छौँ । जो कानुनी कुरा छैनन्, त्यसमा हाम्रो सर्मथन रहँदैन् । नेपालमा कानुनमा पनि व्यक्ति हेर्ने र संविधानमा पनि व्यक्ति हेर्ने संविधानको आधारमा आफनो बनाउदाखेरी बदमास मान्छेहरु नेपालको राजनीतिमा आउने मौका पाए । बदमासहरुलाई कानुनी कारबाही गर्न सकिएन । त्यसकारण यति धैरै मान्छे मारिएर बनाएको संविधानमा आज कुठाराघात हँुदैछ । त्यसैले हामीले कुनै व्यक्ति हेरेर होईन । कानुन र संविधानले जे भनेको छ, त्योअनुसार हामी मान्छौँ । हाम्रो असहमति हुँदैन् ।
सरकारले विप्लव समूहसँग् वार्ता थालेको छ, यसमा तपाईँको सहमति कि विमती ?
हेमन्त वलीसंग बार्ता हुँदैछ भन्ने कुरा हामीले सुनेका छाँै । देशलाई शान्ति प्रक्रियामा लैजाने र विकासको बाटोतिर लैजाने सबै कुरा स्वागतयोग्य हुन्छन् । यसको तथ्य आएपछि कुरा गरौंला ।
उसो भए, वार्ताको पक्षमा नेपाली काँग्रेस छ होईन त ?
हिंसाको अन्त्य गर्ने पक्षमा नेपाली काँग्रेस सधैँ छ त ।