Logo

अख्तियारका नवनियुक्त प्रमुख आयुक्त राईको निर्देशन–अख्तियारको साखलाई उचाईमा पुर्याउनुहोस



काठमाडौं, २१ माघ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुक र जनताप्रति ईमानदारिता तथा निष्ठापूर्वक काम गर्ने विश्वास दिलाएका छन् । उनले अख्तियारको साखलाई अझ उचाइमा पुर्‍याउन निर्देशन दिएका छन्। बुधबार पदभार ग्रहण गर्दै प्रमुख आयुक्त राईले मुलुक र जनताप्रति इमानदारिता तथा निष्ठापूर्वक कार्यसम्पादन गर्ने बताएका हुन् । राईले विगतमा आयोग तथा सार्वजनिक प्रशासनअन्तर्गत विभिन्न निकायहरूमा कार्य गर्दाको अनुभवबाट नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्न जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने पनि विश्वास दिलाए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्