Logo

मन्त्री पाउनको लागि तपाईँ ओली क्याम्पमा गएको अरे ? भनेर सोध्दा रायमाझी जंगिए (भिडिओसहित)



काठमाडौं, २१ माघ । उर्जामन्त्री टोपबहादुर रायमाझीले आफूले कुनैपनि क्याम्प परिवर्तन नगरेको स्पष्ट पारेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,”क्याम्प परिवर्तन कसरी गरें मैले ? म त जहाँ छु, त्यहीँ छु । पार्टीको सर्वसम्मत् र एक नम्बर अध्यक्ष केपी शर्मा ओली हो कि होईन ? केपीलाई पहिलो अध्यक्ष, प्रचण्डलाई दोस्रो अध्यक्ष । त्यो त यथार्थमा जानुपर्यो नि । महासचिव विष्णु पौडेल । नेकपा फुटेको छैन भनेको छ नि निर्वाचन आयोगले ।”



प्रतिक्रिया दिनुहोस्