Logo

गोंगबुमा अज्ञात समुहद्वारा ट्याक्सीमा आगजनी



काठमाडौं, माघ २२ । नेकपा प्रचण्ड–नेपाल पक्षले घोषणा गरेको देशव्यापी आमहड्तालको बिहानै ट्याक्सी आजगनी भएको छ । बिहीबार बिहानै काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अज्ञात समुहले प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो । ट्याक्सी पूर्णरुपमा जलेको छ । प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot