Logo

सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाको कारोबार बढ्दै



कैलाली, माघ २२। सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूको कारोबार बढ्दै गएको छ । प्रदेशको पहाडी जिल्ला बझाङको एक स्थानीय तहबाहेक बाँकी सबै ९८७ स्थानीय तह०मा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशमा बैंकका शाखा सञ्जाल विस्तारले निक्षेप संकलनका साथै ऋण लगानी बढ्दै गएको नेपाल राष्ट्र बैंक, धनगढीले बताएको छ ।

बैंक शाखा पुग्न बाँकी स्थानीय तहमा समेत केही समयभित्रै बैंकिङ पहुँच पुर्‍याउन पहिल भइरहेको राष्ट्र बैंकले बताएको छ । सुदूरपश्चिम प्रदेशसभाका सदस्य एवं निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले संघीय सरकार, नेपाल राष्ट्र बैंक र वाणिज्य बैंकहरूबीच वित्तीय पहुँच बढाउन भएको सहमति अनुसार प्रदेशका ८७ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेको बताए । ग्रामीण भेगसम्म बैंक तथा वित्तीय पहुँच बढेकाले प्रदेशको अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

प्रदेश सरकार गठन भएको तीन वर्षमा सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाका ७२९ शाखा स्थापना भएको तथ्यांक छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot