Logo

शाकाहारी रहेन नेकपा प्रचण्ड-नेपाल समूहको आन्दोलन



काठमाडौं, २२ माघ । दुई हप्ता अघि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलन शाकाहारीमा सिमित नहुने बताएका थिए । उनले आफूनिकट युवाविद्यार्थीलाई आक्रामक बन्न भनेका थिए ।

प्रचण्डले त्यसो भनेको दुई हप्तापछि आज आमहडताल गरिएको छ । त्यस क्रममा तोडफोड र आगजनी भएको छ ।

चितवनमा विहानै ट्रकमा तोडफोड भएको छ । काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरको दुईवटा र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रकमा तोडफोड भएको हो ।

गोङ्गबुमा विहानै ट्याक्सी जलाइएको छ । जलाइएको ट्याक्सी ध्वस्तप्रायः छ ।

बन्दका क्रममा ठाउँ ठाउँमा झडप भएका छन् । धरानमा झडप भएको छ । भिडन्तको घटनालाई दृष्टिगत गरी सुरक्षा शतर्कता बढाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot