Logo

हामीले गर्ने जनआन्दोलन हो, केपीले गर्ने पञ्चर्याली हुनेछ : प्रचण्ड



काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले केपी ओली समूहले भोलि गर्ने जुलुश तथा र्यालीलाई पञ्चर्यालीको संज्ञा दिएका छन् । आज आफ्नो समूहले गरेको देशव्यापी आम हड्ताल सफल पार्न सडकमा निस्किएका अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले भने–‘सरकारले जसरी संविधान मिच्ने काम गरेको छ, जसरी दिउँसै रात पार्ने काम गरेको छ। लोकतन्त्रमाथि प्रहार भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएको छ । त्यसको विरोधमा देशका सबै राजनीतिक दल, नागरिक आन्दोलन, पत्रकार, बुद्धिजिवी, साहित्यकार, कवि, कलाकार सबै नै उत्रिसकेका छन् । सबैको विरोध छ । यस्तो बेलामा सरकार आँफैले जुलुश निकाल्ने भनेको त्यो मैले त सुरुदेखि नै भनेको छु हिजो पञ्चायतको बेलामा पञ्चहरुले पञ्चर्याली निकाल्थे । भएभरका ब्युरोक्रेसीको मान्छेहरुलाई ल्याएर, पैसाबाट ओसारेर निकै ठूलो, ०४६ सालको आन्दोलन अगाडि, म सम्झिन्छु अहिले । ठूला ठूला पञ्चर्याली हुन्थे । लाख, डेढ लाख र दुई लाखका र्याली हुन्थे । तर, त्यो पञ्चर्याली थियो । निभ्ने बेलाको बत्ति थियो । आँफैले संविधान मिच्ने, आँफैले लोकतन्त्रमाथि प्रहार गर्ने अनि आँफै मान्छे बटुलेर जुलुश गर्ने भनेको यो पञ्चर्यालीबाहेक केही होईन् ।’ उनले आफूहरुले गरेको जनआन्दोलन र जनप्रदर्शन भएको सुनाउँदै अब ओलीले गर्ने भनेको पञ्चर्यालीभन्दा बाहेक केही पनि नहुने टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot