Logo

एम्पुल फेनारागन सहित २ जना पक्राउ



झापा, २२ माघ । नियन्त्रित लागूऔषध १८ एम्पुल डाइजेपाम, १८ एम्पुल बुप्रिनोर्फिन र १८ एम्पुल फेनारागन सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भद्रपुर नगरपालिका–५ नरसिंह बगानबाट नियन्त्रित लागूऔषध सहित २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा दमक नगरपालिका–१२ बस्ने २६ वर्षीय बिकास परियार र सोही ठाउँ बस्ने २८ वर्षीय शरण राई रहेका छन् ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्