Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, २२ माघ । अवैध लागूऔषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नागढुंगाबाट करिब १ किलो अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ सहित बारा जितपुर सिमरा उपमहानगरपालिका–९ बस्ने १९ वर्षीय अनुज चौधरी बुधबार दिउँसो पक्राउ परेका हुन् ।

नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु.१ ख ९१८१ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार चौधरीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्