Logo

दिशा पटानी २०२० को सबैभन्दा आकर्षक अभिनेत्री, सनी लियोनी पाँच नम्बरमा



एजेन्सी, २२ माघ । २०२० लाई लिएर वेबदुनियाले एक सर्वेक्षण गरेको थियो । जसमा बलिउड अभिनेत्री दिशा पटानीले २८.२ प्रतिशतले भोट पाएर पहिलो स्थान हासिल गरेकी छिन् । सामाजिक सञ्जालमा निरन्तर आफ्नो आकर्षक फोटो पोस्ट गर्ने दिशा तिव्ररुपमा अगाडी बढेकी छिन् । युवामाझ निकै लोकप्रिय हुँदै गएकी छिन् । उनले सबै हिरोइनहरुलाई पछाडी पार्दै उनी सबैभन्दा आकर्षक अभिनेत्रीको सुचीमा पर्न सफल भएकी हुन् ।

अभिनेत्री किआरा आडवाणीले २४.३ प्रतिशत भोट प्राप्त गरेर दोस्रो नम्बर हासिल गरेकी छिन् । उनलाई दर्शकहरुले मात्र नभएर फिल्म निर्माताहरुले पनि मन पराएका छन् । त्यस्तै, तेस्रो नम्बरमा अभिनेत्री उर्वशी रौटेला रहेकी छिन् । उनले दर्शकको २०.५ प्रतिशत भोट प्राप्त गरेर तेस्रो स्थान हासिल गरेकी छिन् । चौथो नम्बरमा नोरा फतेहीले स्थान लिएकी छिन् । उनी आइटम गीतको कारण चर्चामा आएकी हुन् ।

सबैभन्दा आकर्षक अभिनेत्रीको सुचीमा सधै सनी लियोनी पर्ने गर्थिन् । उनी धेरै समय पहिलो नम्बरमा रहिन् । तर, यसपटक भने पाँचौ स्थानमा आएकी छिन् । यसबाट सनीको लोकप्रियता कम भएको आंकलन गर्न सकिन्छ । त्यसैगरी, जैकलीन फर्नाडीज सधै टप फाइवको सुचीमा रहन्थिन् तर अब उनको स्थान झन तल झरेको छ ।

दिपिका पादुकोणले पनि थोरै भोट पाएकोले सातौ स्थानमा झरेकी छिन् । पछिल्लो केही महिनादेखि उनको लोकप्रियता धेरै कम हुँदै आएको छ । आठौ स्थानमा पुजा हेगडे, नवौ स्थानमा कैटरीना कैफ र सारा अली खान दशौ स्थानमा रहेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot