Logo

बाँस्कोटाले भोलिका सबै अखवार पढ्ने



काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता गोकुल प्रसाद बाँस्कोटाले आफूले भोलि सबै अखबार पढ्ने जनाएका छन् । उनले आज गरेको दाहाल–नेपाल समूहको बन्द, हड्तालबाट नागरिकले भोग्नुपरेको सास्तीबारे समाचार छापिएको हेर्न पनि भोलिका अखबार पढ्ने बताएका हुन् । तर, उनले नेपालमा मालिकको आदेशमात्रै समाचार बन्ने भएकोले भोलिका अखबारमा यी विषयमा समाचार नबन्ने हुन कि भन्ने आशयको शंका समेत व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्-“भाेली चै सबै अखवार पढ्ने भँए।जहाँ, प्रचण्डकाे mcc राजनीतिकाे कुनै विद्धानले विषद चर्चा गरेकाे हाेस,खाजापसल खाेलेकाेमा छ महिनाकी सुत्केरीमाथि तातोतेल खन्याईदिएकाे र काजाेल खातुन बन्नबाट बचेका एक ट्याक्सी चालककाे कथा छापिएकाे हाेस।मालिककाे आदेश मात्र सम्चार हुन्छ क्यारे नेपालमा।” file photo



प्रतिक्रिया दिनुहोस्