Logo

नेरुडे लघुवित्तको साधारण सभा फागुन २२ मा हुने



काठमाडौं, २२ माघ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २२ गते साधारण सभा बोलाएको छ । माघ १८ गते बसेको संचालक समितिको बैंठकले लघुवित्तको १४ औं सभा मोरङको विराटनगरमा गर्ने निर्णय गरेको हो ।

सभाले गत वर्षको आव ०७६/७७ को आम्दानीबाट कायम भएको चुक्तापुँजीको ०.४२ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने भएको छ । त्यस्तै, सभाले आव वार्षिक प्रतिवेदन माथि छलफल गरेर पारित गर्नेछ र प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । उपयुक्त वित्तीय संस्थाहरु गभिने वा प्राप्ती गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी पनि सभाले संचालम समितिलाई दिने भएको छ ।

बैंकले सभा प्रयोजनार्थ फागुन ७ देखि २२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । फागुन ७ गतेसम्म नेप्सेमा कारोबार गर्ने शेयरधनीहरुले सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्