Logo

बिहिबार जनउत्थान लघुवित्तको शेयर कारोबार आक्रामक



काठमाडौं, २२ माघ । कारोबारको अन्तिम दिन आज शेयर कारोबारमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको अत्यधिक मुल्य बृद्धि भएको छ । लघुवित्तको बिहीबार अत्यधिक रकमको कारोबारसँगै सर्वाधिक मुल्य वृद्धि भएको हो । आज लघुवित्तको शेयरमुल्य यसदिन ९.९९ अंकले बृद्धि भएको छ । लघुवित्तले ५२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

माघ १९ गते बसेको संचालक समितिको बैठकले गत वर्षको मुनाफाबाट ४९.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २.६० प्रतिशत गरेर जम्मा ५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । कारोबार रकममा पनि अरु कम्पनीभन्दा अगाडी रहेको छ ।

चुक्तापुँजी ७ करोड ९२ लाख रुपैयाँ यस कम्पनीको उक्त पुँजीको आधारमा कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृति पछि र साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्