Logo

ग्रीन लाइफ हाइड्रोको आईपीओ भोलीबाट निष्कासन हुँदै



काठमाडौं, २२ माघ । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले भोली देखि सर्वसाधारणको लागि ३४ लाख ९६ हजार ४ सय कित्ता आईपीओ बिक्रि खुल्ला गर्ने भएको छ । हाइड्रोपावरले आयोजना प्रभावित स्थानियलाई आईपीओ बिक्रि खुला गर्दा वितरण हुन नसकेका १६ लाख ८६ हजार ४ सय सहित थप गरेर शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस रेटिङस प्रदान गरेको छ । सो रेटिङ्गले निष्कासनकर्ता कम्पनी वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ । जम्मा कित्तामध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामुहिक लगानीकोष, ६९ हजार ९२८ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि र ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।

न्युनतम १० कित्तादेखि १ लाख सम्म अधिकतम कित्तासम्म माघ २३ गतेबाट २७ गतेसम्ममा शेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । तोकिएको समयमा माग अनुसार आवेदन नपरेमा फागुन ७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले आईपीओ विक्रि तथा प्रबन्धकमा बिओके क्यापिटललाई नियुक्त गरेको यस कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले एनपी बी प्लस (आइएस) रेटिङग दिएको छ । सो रेटिङ्ग निष्कासन गरेको कम्पनी वित्तीय दायित्व पुरा गर्न उच्च जोखिम रहेको संकेत हो ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४४ करोड रुपैयाँ भएकोमा शेयर बिक्रिपछि १ अर्ब ८० करोड पुग्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्