Logo

साँझ ५ बजेबाट बन्द खुल्यो



काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहले गरेको बन्द खुलेको छ । आज साँझ ५ बजेबाट बन्द खुलाइएको उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

बन्दका क्रममा नेकपाका सयौं कार्यकर्ता पक्राउ परेका छन् । काठमाडौंबाट अष्टलक्ष्मी शाक्यलगायत पक्राऊ परेका थिए ।

जनकपुरमा प्रहरी र आन्दोलनकारीबीच झडप समेत भएको थियो । त्यसक्रममा पूर्व मन्त्रीहरु मातृका यादव र रामचन्द्र झा घाइते भएका छन् । –तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्