Logo

प्रहरीसँगको झडपमा पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भीर चोट



जनकपुरधाम, २२ माघ । आमहडतालका क्रममा प्रहरीसँगको झडपमा पूर्वमन्त्री मातृका यादव गम्भीर घाइते भएका छन् । उनको अण्डोषमा चोट लागेपछि काठमाडौं पठाइएको छ ।

शिवचोकमा बजार बन्द गराउने क्रममा प्रहरीसँगको झडपमा पूर्वमन्त्री यादव घाइते भएका थिए । प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुँदा उनको अण्डकोषमा गम्भीर चोट पत्ता लागेको थियो ।

पूर्वमन्त्री यादव विगतमा पनि शारीरिक रुपमा अस्वस्थ थिए । उनी लामो समय उपचार समेत गरेर सक्रिय भएका थिए ।

यसैगरी, जनकपुरमा पूर्वमन्त्री रामचन्द्र झा पनि घाइते भएका छन् । लाठी प्रहारबाट उनको टाउकोमा चोट लागेको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot