Logo

रसुवागढी नाकाबाट आएका ५५ खाद्य सामग्रीको नमुना परीक्षण



काठमाडौं, माघ २३ । चालु आर्थिक वर्ष २०७७/७८ मा चीनबाट आयात भएका ५५ वटा खाद्य सामग्रीको नमुना परीक्षण गरिएको छ । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले साउनदेखि हालसम्म ५५ वटा सामग्रीको नमुना परीक्षण गरेको हो ।

आयात भएका सबै खाद्य सामग्री नेपाल सरकारले तोकेको मापदण्डअनुसार आएको खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले बताए । ‘नाकाबाट सामग्रीको आयात कम भएसँगै नमुना परीक्षण पनि कम भएको छ,’ उनले भने, ‘आएका सामग्री नेपाल सरकारको मापदण्ड अनुसार नै आएको छ ।’ कार्यालयको तथ्यांकअनुसार भदौमा १, कात्तिकमा २८, पुसमा १० र माघ १ गतेदेखि हालसम्म १६ वटा खाद्य सामग्रीको नमुना परीक्षण गरिएको छ ।

चालु आव २०७७र७८ मा चीनबाट सोया सस, भिनेगर, अचार, पिठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेडविन पेस्ट, आदि सामग्री आयात भएको छ । कार्यालयका अनुसार फूल तथा सागपात १३।२ टन, खाद्यान्न दलहन तथा अन्य २९।३ टन, मसलाजन्य ३।४ टन, दुग्धजन्य ६।३, मासुजन्य ३।४, सिजनिङ पाउडर, अजिनामोटो, रेडविन पेस्ट, डोमालगायत सामग्री १५।४ टन आयात भएको छ ।

गत आव २०७६र७७ मा कार्यालयले २ सय ५६ वटा सामग्रीको परीक्षण गरेको थियो । गत माघ ७ गतेसम्म कार्यालयले नमुना परीक्षण गरेको थियो । त्यसपछि २०७७ साउन मसान्तसम्म कार्यालयले कुनै नमुना परीक्षण गरेन ।

खाद्य सामग्रीको लेबलिङमा भाषाको समस्या देखाउँदै आयातमा रोक लगाइएपछि गत आवमा केही महिना परीक्षण हुन सकेको थिएन । २०७६ कात्तिकपछि नमुना आउने क्रम बढेको थियो । चीनबाट आउने प्रमुख सामग्रीमा चकलेट, चम्मा पिठो, बिस्कुट, सोया सस, भिनेगर, अचार, जुस पाउडर, चिकेन पाउडर, कफी, थुक्पा, चियापत्ति, एमएसजी, ओखर, चामल ,टिमुर, चिकेन ब्रोथ क्युब, मसरुम सुप, धुलो खुर्सानी, मसला, छ्याङ, क्वाची आदि छन् ।

२०७५ माघदेखि सञ्चालनमा आएको कार्यालयले २०७५ माघदेखि असार मसान्तसम्म १ सय ८१ वटा खाद्य वस्तुको नमुना परीक्षण गरेको थियो । नाकामा कारोबार बढेपछि गत माघ १३ गतेदेखि कार्यालय सञ्चालनमा ल्याइएको थियो । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot