Logo

प्रअले भवन भत्काए, विद्यार्थी चौरमै पढ्न बाध्य



सुर्खेत, माघ २३ । बराहताल गाउँपालिका–१ स्थित काफलगैरामा भैरव आधारभूत विद्यालय छ । कक्षा ३ सम्म पढाइ हुने विद्यालयमा अघिल्लो वर्षसम्म दुई कोठे कच्ची भवन थियो । ५० भन्दा बढी विद्यार्थी नियमित अध्ययन गर्थे ।

गाउँलेले आफ्ना नानी–बाबु अध्ययन गर्ने विद्यालयमा थप कक्षा कोठाको माग गरे । भवन माग्दै स्थानीय वडादेखि गाउँपालिकासम्म धाए । गाउँपालिकाले भैरव आधारभूत विद्यालयको भवन निर्माणका लागि १६ लाख रुपैयाँ छुट्यायो ।

स्थानीयले भवन निर्माणका लागि ढुंगा जम्मा गरे । २१ किलोमिटर टाढा भेरीकिनारको रानीघाटबाट बोरामा बालुवा बोकेर ल्याए । तत्कालीन विद्यालयका प्रधानाध्यापक सुन्दरकुमार विकले नयाँ भवन बनाउन भन्दै पुरानो भवन भत्काउन लगाए । अहिले यहाँ न पुरानो भवन छ, न नयाँ भवन बनेको छ । विद्यार्थी चौरमै राखेर पढाउनुपर्ने बाध्यता रहेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्