Logo

सभामुख सापकोटाको रिट निवेदनको पेसी आइतबारलाई तोकियो



काठमाडौं, २३ माघ । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्ले गरेका नियुक्ति र शपथग्रहण गैरकानुनी तथा असंवैधानिक भन्दै दायर गरेको रिटको पेसी पर्सी आइतबारलाई तोकिएको छ । सभामुखले रिटमा बुधवार राष्ट्रपति कार्यालयमा शपथग्रहण गरेका ३२ जना संवैधानिक अंगका प्रमुख र सदस्यहरू सबैलाई विपक्षी बनाएका छन् । रिट निवेदन बोकेर सापकोटा आँफै आज विहान अदालत पुगेका थिए । उनीसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षधर शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायत पनि अदालत पुगेका थिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्