Logo

गणतन्त्र जोगाउन सडकमा आएका छौंः शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ



काठमाडौं, २३ माघ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले गणतन्त्र जोगाउन सडकमा आएको बताएका छन् । आज नेपाल कम्युनिस्ट पार्टीको ओली समूहले नारायणहिटी अगाडि आयोजना गरेको सभामा बोल्दै उनले संविधान संकटमा परेकाले जोगाउन संसद विघटन गरी ताजा जनादेशमा जान लागेको बताए ।

‘गणतन्त्र जोगाउन सडकमा आएका छौं ,’ श्रेष्ठले भने,‘ताजा जनादेशमा गएर संविधान जोगाउन लागेका छौं ।’ देशलाई केपी शर्मा ओलीले मात्र जोगाउन सक्ने दाबी गरे ।

नेकपा विभाजनबारे टिप्पणी गर्दै उनले शिशा मात्र फुटेर गएको बताए । उनले भने,‘हीरा यहाँ छन्, शिशाका टुक्रा फुटेग गए ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot