Logo

प्रचण्ड र माधव नेपालले निर्वाचन आयोगलाई निर्वाचन नगराउन धम्की दिए : ईश्वर पोखरेल (भिडिओसहित)



काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ओली पक्षधर सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले दाहाल–नेपाल पक्षले निर्वाचन आयोगलाई खबरदार निर्वाचन गराउला भन्दै धम्की दिएको आरोप लगाएका छन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित बृहत्त सभालाई सम्बोधन गर्दै उनले आफूहरु जनताको फैसला स्विकार गर्न तयार रहेको स्पष्ट पारेका छन् । आफूहरु जस्तोसुकै प्रतिकुलतासँग जुधेर भएपनि मुलुकको स्थायित्वको लागि लागिपर्ने पनि उनले विश्वास दिलाए । नेकपा कुन आधिकारिक हो ? भनेर प्रश्न उठेको उल्लेख गर्दै उनले ओलीले नेतृत्वको नेकपालाई कसैले पनि तोड्न नसक्ने उद्घोष गरे । सूर्य चिन्ह पनि ओलीले नेतृत्व गरेको नेकपाले प्राप्त गर्ने दाबी गरे । उनले भने–‘हामी हाम्रो सूर्य चिन्ह लिएर जनताको ताजा जनादेश लिन जान्छौं । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्