Logo

बैंक अफ काठमाण्डूका ग्राहकलाई एम एम क्याफेमा ८% छुट



काठमाडौं, २३ माघ । बैंक अफ काठमाण्डू लिमिटेड र एम एम क्याफे बिच सम्झौता भएको छ । सम्झौतापछि बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकले ८% छुट पाउने भएका छन् । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र एम एम क्याफेका निर्देशक मौसमी श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले एम एम क्याफेको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको ८% छुट पाउनेछन् । एम एम क्याफेले ललितपुर जिल्लाको झम्सीखेलबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्