Logo

मञ्जुश्री फाइनान्सको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने



काठमाडौं, २३ माघ । माघ १८ गतेबाट निष्कासित भएको मञ्जुश्री फाइनान्सको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन हो । आज बैकिङ्ग समयपछि आवेदन लिन बन्द गर्ने फाइनान्सले जनाएको छ । कम्पनीले आइतबारबाट आठ वर्षे अवधिको ९.५ प्रतिशत ब्याजदर भएको प्रतिऋणपत्र १ हजार दरको ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र बिक्रि खुल्ला गरेको थियो ।

फाइनान्सले ५० करोड रुपैयाँ बराबरको ५ लाख इकाई ऋणपत्र बिक्रि खुल्ला गरेकोे हो । ३ लाख कित्ता अर्थात ३० करोड बराबरको शेयर ऋणपत्र परिपत्र विधिबाट र २ लाख कित्ता अर्थात २० करोडको ऋणपत्र सार्वजनिक निष्कासन प्रक्रियाबाट बिक्रि गर्ने कम्पनीले जनाएको छ ।

उक्त ऋणपत्रमा २१ ग्तेसम्ममा आवेदन सकिने भनिएपनि माग अन्ुसार आवेदन नपरेको हुनाले फागुन २ गतेसम्म समय थप गरेको थियो । ८ वर्षको अवधिको लागि वार्षिक ९.५ प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गर्न लागेको हो ।

यसलाई ‘९.५ प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र, २०८५’ नाम राखिएको छ । ऋणपत्रको विक्रि तथा प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ । उक्त ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । आवेदकहरुले न्युनतम २५ कित्ताबाट सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्