Logo

एनएमबि बैंकले शेयरधनीको खातामा लाभांश फागुन २५ बाट जम्मा गर्ने



काठमाडौं, २३ माघ । एनएमबि बैंक लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्ने भएको छ । फागुन २५ गतेबाट बैंकले ३.२० प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिने जनाएको छ ।

बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेरधनीहरुलाई नगद लाभांश जम्मा गर्ने व्यवस्था गरेको जनाएको छ । आफ्नो शेयर हालसम्म पनि अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई शेयर प्रमाणपत्र अभौतिकिकरण गराई हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेर नगद लाभांश प्राप्त गर्न पनि बैंकले आग्रह गरेको छ ।

यसको साथै शयेर प्रमाणपत्र धितोमा राखेका शेयरधनीहरुले नगद लाभांश प्राप्त गर्नलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवा पत्र शेयर रजिष्ट्रार सिद्वार्थ क्यापिटल लिमिटेडमा पेश गर्न पनि आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्