Logo

सुर्योदय लघुवित्तको नाफा ६४ प्रतिशतले बृद्धि



काठमाडौं, २३ माघ । सुर्योदय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तले ६४ प्रतिशतले नाफा आर्जन गरेको छ । ४ करोड ६० लाख रुपैयाँ यो चालु वर्षमा नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा २ करोड ७९ लाख रुपैयाँ नाफा कमाएकोे थियो ।

यो वर्षको पुस मसान्तसम्ममा १० करोड ३३ लाख रुपैयाँ खराब कर्जा उठाउन सकेको हुनाले कम्पनीको नाफा बृद्धि भएको विवरणमा उल्लेख छ । १६ करोड १५ लाख रुपैयाँ कम्पनीले जगेडा कोषमा सुरक्षित राखेको छ भने हाल २१ करोड ५० लाख रुपैयाँ कम्पनीको चुक्तापुँजी रहेको छ ।

त्यस्तै, दोस्रो त्रैमामसम्ममा १ अर्ब ८७ करोड रुपैयाँ ऋण लिएर १ अर्ब ३० करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब भन्दा धेरै कर्जा लगानी गरेको सार्वजनिक भएको विवरणमा उल्लेख छ । प्रतिशेयर आम्दानी ४२.८५ प्रतिशत, मुल्य आम्दानी अनुपात ३२.०९ प्रतिशत, तरलता अनुपात १५.९१ प्रतिशत र प्रतिशेयर नेटवर्थ १७५.१३ रहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्