Logo

सनराइज बैंकको शाखारहित बैंकिङ सेवा कल्यानपुर भेडियामा विस्तार



काठमाडौं, २३ माघ । सनराइज बैंक लिमिटेडले सिराहा जिल्लाको कल्यानपुर नगरपालिका ७, भेडीयामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ६९ पुगेको छ । बैंकले कल्यानपुर नगरपालिका ७ भेडीयामा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रूपमा दिपेन्द्र शाहलार्ई नियुक्त गरेको छ ।

बुधबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथिमा जिल्ला समन्बय समितिका सिराहाका अध्यक्ष रामचन्द्र ठाकुर, वडा नं.७ का अध्यक्ष रामकुमार श्रेष्ठ र बैंकका प्रदेश नं २ का प्रमुख रोहितकुमार महाशेठको उपस्थिति थियो । उक्त कार्यक्रममा सन्राइज बैंकका मिरचैंया शाखाका शाखा प्रबन्धक र अन्य बैंकका कर्मचारीहरुको समेत उपस्थिति थियो ।

हालसम्म सनराइज बैंकले १ सय ३९ वटा शाखा, ६९ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १५५ वटा एटीएममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैंकिङ सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्