Logo

भरुवा बन्दुक सहित पक्राउ



सिरहा,२३ माघ । भरुवा बन्दुक सहित खडक बहादुर मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लहान नगरपालिका–२४ मलहनबाट १ थान भरुवा बन्दुक, बारुद र फलामको ब्यारिङहरु सहित धनगढीमाई नगरपालिका–१२ बिष्णुपुरकट्टी बस्ने ४२ वर्षीय मगर पक्राउ परेका हुन् ।

अस्थाई प्रहरी पोष्ट पक्किटोलबाट गस्तीमा खटिएको प्रहरीले अचानक बन्दुकको अवाज आएपश्चात तलासी गर्ने क्रममा सोही ठाउँस्थितमा उखु घारीमा उक्त हतियार सहित उनलाई लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्