Logo

घर र गाडी कहिले खरिद गर्ने ? के भन्छ तपाईको कुण्डली



यो दुनियाँमा सबैलाई आवश्यक र इच्छा भएको वस्तु घर र सवारी साधन हो । आज हामी कुण्डलीमा सवारी साधन र घर खरिद गर्ने योग छ वा छैन त्यसको बारेमा चर्चा गर्नेछौ ।

  • तपाइँले घर खरिद गर्न वा निर्माण गर्न चन्द्र र मंगल ग्रह कुण्डलीमा बलियो हुनुपर्छ ।
  • जसको कुण्डलीमा चौथो भावमा बली हो उसको घर अवश्य बन्ने छ । बली ग्रह चौथो भावमा हुन्छ उसको घर निर्माण हुनेछ तर, राहुको प्रभाव चौथो भावमा भएमा त्यो घरले सुख दिने छैन् । हेर्दा घर आलिशन भएपनि मनमा शान्ति हुँदैन् ।
  • शुक्र जति राम्रो हुन्छ घर त्यत्तिनै घर आलिशन र भव्य नै हुनेछ ।
  • मंगल यदि निच भएमा राहुबाट पिडित भएमा घर सुन्दर हुँदैन् । र घरमा कहिल्यै सुख मिल्दैन् ।
  • यदि चन्द्र खराब भएमा घर बनाउन दुःख हुन्छ र आमा बाबुको सहयोग प्राप्त हुँदैन ।
    ग्रह शान्ति गर्ने उपाय
    -चाँदीको टुक्रा सधै आफ्नो पुजा स्थानमा राख्ने ।
    -सुन, चाँदी र तामाको तीन धातुको औठी साहिली औलामा लगाउने ।
    -११ मंगलबारमा गरीबलाई मिठाई बाड्ने ।
    -राहुको प्रभाव भएमा घरभित्रका फोहोर मैला बाहिर फालिदिने ।
    -राहुले मानिसले चाहेर पनि सवारी साधन खरिद गर्न दिदैन् ।
    -शुक्र र चौथो भाव कमजोर भएमा सामथ्र्य भएर पनि मानिसलाई सवारी खरिद गर्न दिदैन ।
    -राहु–शनि–मंगल चौथो भावमा प्रभावित भएमा गाडीको इन्जिन चाडै–चाडै बिग्रन्छ । अर्थात गाडी धेरै समय मर्मतको लागि लगिराख्नुपर्छ ।
    -चन्द्रमा खराब भएमा गाडी चलाउनु राम्रो हुँदैन र दुर्घटना हुन सक्छ ।
    -मंगल ग्रह खराब भएमा कालो, रातो वा नीलो रंगको गाडी खरिद गर्नुहुँदैन् । गाडीको नम्बर जन्ममिति विपरित लिनुहुँदैन् । फलाम दान दिनुपर्छ ।
    -सबैभन्दा सरल उपाय कुनै पनि मन्दिरमा देवताको वाहनको पहिलो पुजा गर्नु पर्छ । शिव मन्दिरको रुपमा नदीको, गणेश मन्दिरको रुपमा मुसाको र दुर्गा -मन्दिरमा सिंहको पुजा गरेर प्रतिमाको पुजा गर्नुपर्छ । धार्मिक ग्रन्थको आधारमा

 



प्रतिक्रिया दिनुहोस्