Logo

स्रोत नखुलेको १९ लाख रुपैयाँ सहित २ जना पक्राउ



काठमाडौं, २३ माघ । स्रोत नखुलेको १९ लाख रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं खिचापोखरीबाट स्रोत नखुलेको १९ लाख रुपैयाँ सहित २ जना बुधबार दिउँसो पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा ताकेश्वर नगरपालिका-७ घर भएकी ३० वर्षीया शान्ती घिमिरे र भक्तपुर चाँगुनारायण नगरपालिका–१ घर भएकी ३१ वर्षीया दुर्गा चौलागाई रहेका छन् । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त रकम सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभाग हरिहरभवन ललितपुरमा पठाइएको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्