एजेन्सी, २३ माघ। भारतमा जारी किसान आन्दोलनको समर्थनमा नाम चलेका विदेशीले धमाधम बोल्न थालेका छन् । उनीहरुले भारतको सत्ताधारीको आलोचना समेत गरेको विषय चर्चामा छ । तर, विदेशीले भारतको आन्तरिक मामलामा बोलेको भन्दै ख्यातीप्राप्त भारतीयहरुले मुख खोलेका छन् ।
किर्तीमानधारी पूर्व क्रिकेट खेलाडी सचिन तेन्दुलकरले सामाजिक सञ्जाल ट्वीटरमार्फत जारी किसान आन्दालनको विषयमा बोलेका हुन् । उनले ट्वीट गर्दै लेखेका छन्,,‘ भारतको सार्वभौमिकतालाई लिएर कुनै प्रकारको सम्झौता गर्न सकिदैन । विदेशी शक्तिहरु यस विषयमा आफ्नो राय दिन सक्छन् । तर, उनीहरु यस विषयमा सहभागी हुन सक्दैन् । भारतीय नागरिक भारत लाई जान्दछ । उनीहरु आँफै निर्णय गर्न सक्छन् । र, भारतका लागि स्वयम फैसला गर्न सक्दछ । हामी एक भएर आफ्नो आफ्नो देशको निम्ती खडा हौँ ।’
यस विषयमा पप स्टार रिहाना र जलवायु परिवर्तनको विषयमा बोल्ने ग्रेटा थुनबर्गले समेत बोलेपछि सचिन लगायत ख्यातीप्राप्त व्यक्तिले मुख खोलेका छन् ।
India’s sovereignty cannot be compromised. External forces can be spectators but not participants.
Indians know India and should decide for India. Let's remain united as a nation.#IndiaTogether #IndiaAgainstPropaganda— Sachin Tendulkar (@sachin_rt) February 3, 2021