Logo

लोकतन्त्र र गणतन्त्रप्रति प्रधानमन्त्रीको प्रतिबद्धता : ‘लोकतन्त्र कसैले खोस्न सक्दैन’ (भिडिओसहित)



काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाली जनताको चेतनाको स्तर बढेकाले कसैले पनि लोकतन्त्र खोस्न नसक्ने बताएका छन् । आज आफ्नो समूहको नेकपाले काठमाडौंको दरबारमार्गमा आयोजना गरेको बृहत्त आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सम्बोधनको क्रममा भने–“कसैले कुनै हिसाबले लोकतन्त्रलाई केही गर्न सक्दैन । लोकतन्त्रको भविष्य सुदृढ र उज्ज्वल छ किनकि नेपाली जनता सचेत छन्, यहाँ कसैले पनि लोकतन्त्रलाई केही गर्छु भनेर नचिताए हुन्छ । लोकतन्त्रतर्फ कर्के आँखा नलगाए हुन्छ । प्रतिगमन नसोचे हुन्छ । यो देश अब अघि बढ्यो, बढ्यो ।”

नेपाललाई समाजवादोन्मुख तथा सामाजिक न्यायसहितको समृद्धिको देश बनाउन कसैले रोक्न नसक्ने बताउँदै उनले निराश नभएर एकताबद्ध भई देश विकासमा लाग्यौँ भने कसैले पनि आफूहरुलाई रोक्न नसक्ने दृढता व्यक्त गरे । Photo Source: Surya Thapa/Facebook



प्रतिक्रिया दिनुहोस्