Logo

वेपत्ता र सत्यनिरुपण आयोगको म्याद छ महिना थप्नेगरी अध्यादेश जारी



काठमाडौं, २३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन), अध्यादेश, २०७७’ जारी गरेकी छिन् । राष्ट्रपतिले संविधानको धारा २१४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गरेकी हुन् ।

राष्ट्रपति जारी विज्ञप्तिमा अध्यादेश जारी गरिएकोबारे उल्लेख गरिएको छ । दुवै आयोगको म्याद आइतबारबाट सकिँदै थियो । आयोगको म्याद ६ महिना थप गर्ने गरी सरकारले सिफारिस गरे बमोजिम राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot