Logo

संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश



काठमाडौं, २३ माघ । सर्वोच्च अदालतले संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिबारे कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलाशले नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्ने गरी कारण देखाऊ आदेश जारी गरेको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संसदीय सुनुवाई नगरी गरिएको नियुक्तिलाई गैरसंवैधानिक भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, संवैधानिक परिषदलाई विपक्षी बनाइएको थियो ।

३० मंसिरमा संवैधानिक परिषदले नयाँ अध्यादेशमार्फत बैठक बसी नियुक्तिको सिफारिश गरेका ३२ जनाको नाम ५ पौषमा प्रतिनिधि सभा विघटनभन्दा केही मिनेट अघि सुनुवाईका लागि प्रतिनिधि सभामा निवेदन दर्ता गरेको थियो । तर, सभामुखले जस्ताको तस्तै फिर्ता गरेका थिए । तर, ४५ दिन सुनुवाई हुन नसकेपछि स्वतः नियुक्त गर्न सकिने प्रावधान अनुसार उनीहरुलाई सपथ समेत खुवाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot