Logo

तस्करबाट प्रहरी कुटिए



काठमाडौं, २५ माघ ।सीमा क्षेत्रमा तस्करबाट प्रहरीमाथि कुटपिट हुन थालेको छ । मोरङको सीमा क्षेत्रमा प्रहरी कर्मचारीलाई कुटपिट गरेको अभियोगमा को.१४ प ७६३ नम्बरका मोटरसाइकल चालक जहदा गाउँपालिका ७ तारेगाना बस्ने २१ वर्षीय बब्लु साहलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका ५ स्थित नेपालबाट भारततर्फ डिजेल ओसारपसार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उक्त मोटरसाइकलमा करिब १ सय ५० लिटर डिजेल सहित फेला पारी बब्लुलाई नियन्त्रणमा लिने क्रममा उनले प्रहरी कर्मचारीलाई नै कुटपिट गरेपछि प्रहरीले पक्राउ गरेको हो ।नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ महंगो भएकाले तस्करी हुन थालेको छ ।-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot