Logo

कोरोनाबाट ३ जनाको मृत्यु



काठमाडौं, २५ माघ । कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा नयाँ संक्रमित ११९ थपिएका छन् । आज २६० जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् ।

हालसम्म २ लाख ७१ हजार ९ सय २५ संक्रमित भएपनि २ लाख ६८ हजार ७२ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १ हजार ८ सय १५ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । आजसम्म २० लाख ९३ हजार ४ सय १७ जनाको पिसीआर परिक्षण भएको छ । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या  ९२ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्