Logo

हिमालयन डिष्टिलरीको मुनाफा ३९ करोड ७६ लाख



काठमाडौं, २५ माघ । हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले साढे ५६ प्रतिशत नाफा गरेको हो ।

कम्पनीले ३९ करोड ७६ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले २५ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आवको नाफा गत वर्षको तुलनामा १४ करोड ३६ लाख रुपैयाँ धेरै हो । मदिरा बिक्रिबाट आम्दानी बृद्धि भएपछि खुद नाफा बढेको हो ।

१ अर्ब ८ करोड १० लाख रुपैयाँबाट बढेर बिक्रि आम्दानी १ अर्ब ४४ करोड ७७ लाख रुपैयाँ पुगेको विवरणमा उल्लेख गरिएको छ । गत आव सोही समयमा ८७ रुपैयाँ ८३ पैसा प्रतिशेयर रहेको यो चालु वर्षमा ९१ रुपैयाँ ६६ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ८३ पैसा रहेको छ ।

४९ करोड ३१ लाख रुपैयाँ कम्पनीको जगेडा कोषमा रहेको छ भने कम्पनीको चुत्तापुँजी ८६ करोड ७७ लाख रुपैयाँ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्