Logo

चन्द्रागिरी हिल्सको आईपीओ आजदेखि कारोबार गर्न सकिने



काठमाडौं, २५ माघ । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओको आजबाट कारोबार हुने भएको छ । माघ ९ गते बाँडफाँड भएको, शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुचिकृत भएको आईपीओ आइतबारदेखि कारोबार हुने जनाएको छ ।

कम्पनीले आईपीओका सबै आवेदकहरुलाई केवलकारको टिकटमा २५ प्रतिशत छुट आएकोे छ । एक पटकका लागि सबै आवेदकलाई केवलकारको टिकटमा छुट दिएको छ । हिल्सले पुस २४ गते देखि २८ गतेसम्म आवेदन दिन सकिने १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको शेयर निष्कासन तथा बिक्रि खुला गरेको थियो ।

१५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्कासन गरेको कुल शेयरमध्ये ४ प्रतिशत वा ६१ हजार ३६४ कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत वा ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्टाइएको थियो ।



प्रतिक्रिया दिनुहोस्