Logo

तिनकुनेस्थित हरित कृषिबजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा



काठमााडं, २५ माघ । माछापुच्छ्रे बैंकले राजधानीको तिनकुनेस्थित हरित सामुदायिक कृषिबजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ । बुधबार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हरित सामुदायिक कृषिबजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका हुन् ।

उक्त क्युआर कोड सेवा सुरु भएसँगै हरित कृषिबजारमा तरकारी तथा फलफुलकिन्नको लागिजाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।

https://fb.watch/3vwxL18N92/

उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारीले कृषि बजारमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताउँदै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने हुदाँ भविष्यमा आफ्नो व्यापार व्यवसायको बृद्धिको ऋण लिन व्यवसायीलाई सहज हुने कुरा बताए ।

सो बजारमा रहेका कुल १ सय ५३ तरकारी स्टलमध्ये १०० वटामा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु भइसकेको छ । स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमा झल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एंव मुद्दती खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्