Logo

साल्ट ट्रेडिङको बोनस शेयरधनीको खातामा जम्मा



काठमाडौं, २५ माघ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले शेयरधनीको खातामा २५ प्रतिशत बोनस जम्मा गरेको छ । कम्पनीले उक्त बोनस मंसिर १४ गतेसम्म शेयर अभौतिकरण गराएका शेयरधनीहरुको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरेको जनाएको छ ।

कम्पनीको ५३ औं साधारण सभाले पारित गरेको उक्त बोनस शेयर नेप्से र सिडियस एण्ड क्लियरिङ्ग लिमिटेडमा सुचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्