Logo

ज्योति बैंकले बीमा पोलिसी धितो राखेर कर्जा दिने



काठमाडौं, २५ माघ । ज्योति विकास बैंकले बीमा पोलिसी खरिद गरेको भोलिपल्ट नै ऋण दिने स्किम ल्याएको छ । यो स्किम अन्तर्गत बीमितिले आवधिक र अधिविकर्ष दुवै प्रकृतिका कर्जा लिन सक्नेछन् । कअधिविकर्ष कर्जा लिएमा प्रत्येक वर्ष नविकरण गर्नुपर्छ तर अवाधिक कर्जाको हकमा भने १० वर्षसम्मका लागि प्राप्त हुने बैंकले जनाएको छ ।

अधिकांश बीमा कम्पनीहरुले पोलिसी खरिद गरेर दोस्रो वर्षको बीमा शुल्क तिरेपछि मात्र कर्जा दिने गर्छन् । तर यो बैंकले ल्याएको नयाँ स्किमअनुसार पोलिसी खरिद गरेको भोलिपल्ट नै कर्जा पाउछन् । अन्य बैंकहरुले बीमालेख धितो राखेरमात्र कर्जा प्रदान गर्दै आएपनि यो बैंकले भने पहिलो पटक पोलिसी बनाएरै कर्जाको स्किम ल्याएको हो ।

यो स्किममा १९ वटा जीवन बीमा कम्पनीबाट पोलिसी खरिद गरेकाले कर्जा प्राप्त गर्न सक्ने बैकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्