Logo

४८.७४ अंकसहित नेप्से हालसम्मकै उच्च विन्दुमा, १० अर्ब ४४ करोडको कारोबार



काठमाडौं, २५ माघ । कारोबारको पहिलो दिन आइतबार नेप्से ले अहिलेसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको छ । आज ४८.७४ अंक तथा १.९७ प्रतिशतले बढेर २५ सय २४ विन्दुमा पुगेर रेकर्ड राखेको हो । कारोबारको अन्तिम दिन बिहीबार नेप्से २४७५.२६ विन्दुमा पुगेको थियो ।

आज नेप्से परिसुचक अनुसार २०२ कम्पनीका ८७ हजार ६ सय ७० पटक कारोबार भएर १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३ सय ४ रुपैयाँ बराबरको १ करोड ७७ लाख ३६ हजार ७ सय ३४ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स ५.३० अंक, फ्लोट इन्डेक्स ५.३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६८ अंक बढेको छ । आइतबार हिमालयन डिष्टिलरी लिमिटेड माथिल्लो स्थानमा छ । कम्पनीको आज ५३ करोड १७ लाख ४९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

नेप्से सुचकले नयाँ रेकर्ड राख्दा लभुवित्त समुहको परिसुचक ७.७६ प्रतिशतले बृद्धि भएको छ । आज जीवन बीमा, निर्जीवन बीमा समुहको परिसुचक ३ प्रतिशत भन्दा धेरै बढेको छ ।
त्यस्तै, म्युचुअल फण्ड, बैकिङ्ग र विकास बैकसमुहका परिसुचक भने आज घटेका छन् ।



प्रतिक्रिया दिनुहोस्